इन्फो नेपाल — सञ्चारको सञ्जाल

भूकम्पले ७ जिल्लाका ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु

कैलाली: मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलामा गरि करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । १९ सरकारी भवन आंशिक र २ पूर्ण रुपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बाजुरामा सरकारी भवन ९ वटा आंशिक क्षति भएको छ भने ४४ घर आंशिक , १६ पूर्ण रुपमा क्षति भएको छ । बाजुरामा २ जना घाइते भएका छन् । डोटीमा ५ वटा सरकारी भवन आंशिक क्षति भएका छन् एउटा घार आंशिक र एउटा १ पूर्ण रुपमा क्षति पुगेको छ । अछाममा ६ वटा सरकारी भवन आंशिक क्षति भएको छ भने एउटा वटा पूर्ण रुपमा क्षति भएको छ । १७ वटा घर आंशिक एउटा पूर्ण रुपमा क्षति भएको छ । अछाममा पाँच जना घाइते भएका छन् । बैतडीमा ६ वटा सरकारी भवन आंशिक क्षति भएका छन् । ६ घर आंशिक र २ वटा पूर्ण रुपमा घरमा क्षति पुगेको छ भने २ जना घाइते भएका छन् । डडेलधुरामा एउटा सरकारी भवन आंशिक क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति पुगेको छ । दार्चुलामा सरकारी भवन ३ वटा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क