इन्फो नेपाल — सञ्चारको सञ्जाल

भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक बढे

सुनसरी / अँग्रेजी नयाँ वर्ष सन् २०२३ का अवसर पारी धनकुटामा भेडेटार फुड फेस्टिभल आयाजना गरिएको छ। होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा पुस १८ गते सोमबारसम्म सञ्चालन हुनेछ । ‘भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहना’ नारासहित होटल एसोसिएसन भेडेटारले १० अौँ महोत्सव आयोजना गर्न लागेको हो । कार्यक्रममा नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक तथा भारतीय र बाह्य पर्यटक आएका छन् । विशेष गरी भारतबाट पिकनिक मनाउन तथा रमाइलो गर्न हजारौँ पर्यटक भेडेटार आएका छन् । धनकुटादेखि ३५ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यस्थल हो । भेडेटारमा ग्रेगोरियन नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष फेस्टिभल आयोजना हुने गरेको छ। भेडेटार आउने विदेशी पर्यटमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई लक्षित गरी भेडेटार लगायत पूर्वी नेपालमा आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो । छिनछिनमै मौसम परिवर्तन हुने विशेषता रहेको भेडेटारमा भारतीय पर्यटक देखिन थालेका छन् । धनकुटाको भेडेटार पूर्वी तराईका जिल्लाका आन्तरिक पर्यटक पनि आएका छन्। महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुमाइनेछ। भेडेटारबाट मौसम सफा हुँदा धरान देखिने गर्छ । मौसम सफा हुँदा त्यहाबाट मनमोहन स्थानको आँखै अगाडि देखिन्छ । अझ तराईमा ६ महिनाको उखरमाउलो गर्मीको समयमा गर्मी छल्ने आनन्ददायी गन्तव्य भेडेटार बनेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क