इन्फो नेपाल — सञ्चारको सञ्जाल

भेडेटार र नमस्ते झर्नामा गर्मी छल्न आउने पर्यटक बढे

सुनसरी / तराईमा बढेको अत्याधिक गर्मीका कारण धनकुटाको भेडेटार र त्यहाँ रहेको नमस्ते झरनामा घुम्न जानेको सङ्ख्या बढेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ मा रहेको नमस्ते झरनामा यति बेला एक हजार बढी आगन्तुक पर्यटक आउन थालेका छन् । धरानबाट १७ किमी उकालो चढे पछि पुगिने पर्यटकीय गन्तव्य भेडेटारबाट धरान–धनकुटा सडक हुँदै केही तल झरे पछि झरनास्थल पुगिन्छ । यता, भारतका ८० प्रतिशत बाह्य पर्यटक हुन्छन् । केही समयदेखि तराईमा बढेको गर्मीका कारण पुर्वी तराईका मात्र हैन नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भेडेटारको चिसो हावापानीमा दृश्यलोकन सँग नजिकै रहेको नमस्ते झर्नामा पौडी खेल्ने र डुबुल्की मार्नेहरूको संख्यामा अत्यधिक बढेको छ । सुनसरी , मोरङ, झापा, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी सर्लाही लगायत जिल्लाका धेरै पर्यटक आइ पुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बू बताए । सार्वजनिक विदा शनिबारका दिन र शुक्रबारदेखि आइतबारसम्म अत्यधिक चाप हुने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बूले बताए । लिम्बूले भने, ‘पूर्वाधारमा अझ व्यवस्थापन गर्ने सोच रहेकाले भविष्यमा पर्यटक बढ्न सक्ने आशा रहेको बताए ।´

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क