इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको आठ नम्वर वडाले गर्‍याे आठका महिलालाई सम्मान

भोजपुर - ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ भोजपुर नगरपालिका वडा नम्वर आठले वडा भित्रका आठ जना महिलाहरुलाई सम्मान गरेको छ । ११४ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार वडाले योगदानको कदर गर्दे सो सम्मान कार्यक्रम गरेको हो । वडाले कलावती तामाङ, लक्ष्मी तामाङ, जय कुमारी कार्की, अनिता राई, सितादेवी कोइराला, जानुका बानिया, जयन्ती राई र शोभा खड्कालाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको हो । प्रमुख अतिथि भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा, वडाध्यक्ष नबीन प्रधानलगायतले महिलाहरुलाई सम्मान गरेका थिए । कृषि, स्वास्थ्य, पशुपालन, यातायातलगायतका क्षेत्रमा वडामा रहेर उत्कृष्ठ कार्य गरेकोले उहाँहरुलाई सम्मान गरिएको वडाध्यक्ष नवीन प्रधानले बताए । सम्मान पश्चात बोल्नु हुदै उपप्रमुख शेर्पाले महिलाहरुको श्रमिक आन्दोलनका कारण नै अहिले महिलाहरुले पनि बिभिन्न क्षेत्रमा अधिकार पाउँदै आएको बताइन् । वडामा प्राप्त हुने बजेटले महिला, बालबालिका, ज्येष्ठ नागरिक हरेक क्षेत्रलाई समेट्दै कार्यक्रम संचालन हुदै आएको वडाध्यक्ष प्रधानले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क