इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न

भोजपुर / भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरको आयोजनामा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउपालिकालाई लक्षित गरि आयोजना गरिएको थियोे । कार्यक्रमलाई मानव अधिकारकर्मी डा.गोविन्द प्रसाद ढाकालले मानव अधिकारको बिषयमा सहजिकरण गर्नुभएको थियो । यस्तै अधिबक्ता नरेन्द्र खनालले मौलिक हक र कानुनी ब्यबस्थाको विषयमा प्रकास पार्नु भएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरका अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनु भयो । स्थानीय जनताहरुमा मानव अधिकार र कानुनी ब्यबस्थाको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको अध्यक्ष कार्कीको भनाई छ । जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने निकायहरुमा पनि कानुनी अस्पष्ठता रहेकोले दुबै पालिकाका जनप्रतिनिधी, कर्मचारि, प्रहरी, राजनैतिक दलका प्रतिनिधि लगायतलाई मानव अधिकारका विषयमा जानकारी गराइएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरका सचिव हरिकृष्ण ढकालले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर प्रमिला राईले यस्ता कार्यक्रमहरु गाउ गाउसम्म पुर्याउन आवश्यक रहेको बताउनु भयो । षडानन्द नगरपालिकाको दिङ्ला बजार स्थित बहुउद्देश्यीय सभा हलमा भएको कार्यक्रममा ६० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क