इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको पाँचधारेमा भएको साविक वडास्तरिय भलिबल प्रतियोगिता सम्पन्न

सुनसरी / भोजपुरको टेम्कमैयुङ गाउँपालिका ९ लेखर्कको पाँचधारेमा भएको साविक वडास्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद विकास समिति टेम्केमैयुङ ९ लेखर्कको आयोजनामा कात्तिक २१ गतेदेखि साविक वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष ३५ टिम र महिला १२ टिम गरी ४७ टिमको सहभागिता रहेको थियोे । प्रतियोगितामा पुरुष तर्फ रावा वेँसी कुभिण्डे प्रथम भएको नगद ५१ हजार ,भाले ढुङ्गा अरुण गाउँपालिका द्वितिय भएकोमा ,२७ हजार र गोगने तृतिय भएकोमा १५ हजार नगद सहित मेडण प्रमाणपत्र वितरण गरिएको हो । प्रथम दितिय र तृतिय हुने टिमले प्रमाण पत्रको साथमा क्रमशः ५१ हजार,२७ हजार र १५ हजार नगद पाएका छन् । त्यस्तै महिला तर्फ वैराङ २ प्रथम, खिदिमा दितिय र बोपुङ तृतिय भएका छन् । प्रथम, दितिय र तृतिय हुने टिमले प्रमाण पत्रको साथमा क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पाएका छन् । कार्यक्रमको समापन समारोहमा बोल्दै पूर्व सामाजिक विकास राज्य मन्त्री तथा प्रदेश सभा सांसद सिर्जना राईले खेल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताइन् । खेल र खेलाडीको विकासको लागि राज्य गम्भिर बन्नु पर्ने उनको धाराणा छ । आफ्नो कार्यकालमा शिर झुकाउने खालको कुनै पनि काम नगर्ने बताउदै सांसद राईले जिल्लाको समग्र विकासलाई पहल गरिरहेको धाराणा राखिन् । कोशी प्रदेश सरकार स्थिर नबनेको कारण विकासका काममा बाधा पुगेको उनको भनाइ छ । गाउँपालिकाले खेल क्षेत्रको योजनाबद्ध विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाको श्रोत, साधनको आधारमा खेल क्षेत्रमा लगानी गरिरहेको अध्यक्ष बस्नेतको भनाइ छ । गाउँपालिकाले खेल क्षेत्रको विकासको लागि काम गरिरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिको आवश्यक बजेट विनियोजन गरेर वडास्तरमा विभिन्न प्रतियोगिताहरु भईरहेको उपाध्यक्ष राईको भनाइ छ । वडाको आर्थिक व्यावस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । खेलले स्वास्थ्य र मनोरञ्जन दुवै क्षेत्रलाई समेट्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनु पर्ने उनको भनाइ छ । सो समापन कार्यक्रम स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि ,खेलाडी , अभिभावक स्थानीय लगाएतको सहभागीता रहेको थियोे ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क