इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको पौवादुङमा गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण

सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज सेवा दिने लक्ष्यले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणको गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेसकेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरन राइले बताए । प्रत्येक वडास्थरबाट गाउँका नागरिका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पौवादुङमा गाउँपालिकाका अध्यक्ष राइले बताए । शिविर मार्फात गाउँपालिकाले वडा नम्वर- ५ सानोदुम्माका एक सय ४३ जना नागरिकलाई भत्ता वितरण गरेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहजता होस भनि गाउँपालिकाको निर्णय अनुसार यस्तो कामको थालनी गरेको पौवादुङमा वडा नम्वर- ५ का वडाध्यक्ष बोम प्रसाद राईले बताए । वडामा दुई सय ४८ सेवाग्राही रहेकोमा एक सय ३४ जनालाई वडाबाटै भत्ता वितरण गरिएको र बाँकीले बैंकमा आफै गएर भत्ता लिन सक्ने उनको भनाई छ । अभियान अन्तर्गत गाउँपालिका भरिका छ ओटै वडामा वडा स्तरबाटै सामाजिक सुरक्ष भत्ता वितरण भईरहेको गाउँपालिकाले जनाएको छ । सहज रुपमा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिकहरु खुसी भएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क