इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको बोखिममा स्वास्थ्य चौकी भवन निर्माण

भोजपुर / स्वास्थ्य सेवा प्रभावकारी बनाउन भोजपुरको बोखिममा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । भोजपुर नगरपालिका वडा नम्बर - ५ को वोखिममा उत्तम बुद्ध निर्माण सेवाले ५८ लाख ८६ हजार एक सय ५० रुपैँया बरावरको लगानीमा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ । वडावासीको नागरिकलाई भवन बने पछि स्वास्थ्य सेवामा सहजता थपिएको छ । भवनको भोजपुर नगरपालिका नगर प्रमुख कैलाश कुमार आलेले उद्घाटन गरेका छन् । नगर प्रमुख आलेले भवनसँगै प्रभावकारी सेवा नागरिकले पाउनु पर्ने बताए । यहाँ आएका विरामीहरुले सहज उपचार सेवा पाउनु पर्ने नगर प्रमुख आलेको भनाइ छ । सोक्रममा वडाध्यक्ष फबिन्द्र प्रधानले अहिले सेवा दिदै आएको वडा कार्यालय जिर्ण रहेको र सामान्य भुकम्प आउँदा पनि भत्किन सक्ने अवस्थामा रहेकाले नयाँ भवन निर्माणका लागि बजेट ब्यवस्थापन गरि दिन नगर प्रमुखलाई आग्रह गरे थिए । सोही क्रममा भवन निर्माणका लागि जग्गा प्रदान गर्नु हुने जग्गादातालाई सम्मान समेत गरिएको थियो । चौकीका लागि चार आना जग्गा दिनु हुने काजीराम राई र मनिका राईलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क