इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको याङपाङ्गमा अस्थायी प्रहरी पोष्ट स्थापना

भोजपुर- भोजपुरको अरुण गाउँपालिका- १ याङपाङ्गमा स्थापना भएको अस्थायी प्रहरी पोष्ट उद्घाटन गरिएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भिम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ तथा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एकसाथ रिवन काटेर प्रहरी पोष्टको उद्घाटन गरेका हुन् । स्थानीय स्तरमा हुने अपराध नियन्त्रण,शान्ति सुरक्षा प्रदान तथा चोरी डकैती न्यूनीकरण गर्ने उदेश्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरेको र सोहि अनुसार तत्कालै देखी कार्य सञ्चालन सुरु गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदिपराज पाठकले बताए । यसअघि याङपाङ्गमा प्रहरी चौकी नजिकै नहुँदा कुनै पनि घटनाहरू घट्दा तथा सामाजिक दुव्र्यवहार हुँदा प्रहरीहरू प्याउलीबाट आउनुपर्ने बाध्यता थियो भने स्थानीयले प्रहरी पोष्ट स्थापनाका लागी पटक–पटक सरोकारवालाहरूलाई माग राख्दै आएका थिए । गाउँपालिका क्षेत्र भरी शान्ति सुरक्षा, हत्या, हिसाँ, चोरी डकैती, लगायत गैर संवैधानिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताए । अस्थायी प्रहरी पोष्ट उद्घाटन गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी भिम ढकालले स्थानीयहरूलाई प्रहरीको महत्व बुझाउँदै गाउँघरमा हुने घटनाहरूको सम्भावित कारणहरू मादक पदार्थ, सकारात्मक सोच, वैदेशिक रोजगार, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक सङ्कट लगायत भएकाले यसबाट सजक हुन सबैलाई सुझाब दिए । भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जिल्लाभरिको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने क्रममा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने क्रममा स्थानीयको माग अनुसार याङपाङ्गमा पनि प्रहरी पोष्ट स्थापना गरेको बताए । वडाध्यक्ष राम कुमार तामाङले प्रहरी पोष्ट स्थापनासँगै आगामी दिनमा गाउँघरमा हुने कुनै पनि गैर कानुनी कार्य गर्न सबैलाई थप निरुत्साहित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाल, प्रदेश प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ, उपाध्यक्ष विनिता ढकाल, पालिका पुर्व अध्यक्ष गजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम न्यौपाने, वडाध्यक्षहरू अन्य जनप्रतिनिधिहरु, प्रहरी, लगायत स्थानीयको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क