इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको वाटरबोट नियमन तथा सुरक्षाबारे ८ निकायलाई हतुवागढी गाउँपालिकाको पत्र

सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले सप्तकोसीमा सञ्चालित वाटरबोट नियमन तथा सुरक्षाबारे चासो गरेको छ । हतुवागढी गाउँपालिकाले पानीबोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा समन्वयका लागि ८ वटा निकायलाई पत्राचार गरेको हो । केही दिन अघि पानीबोटमा क्षमता भन्दा बढी यात्रु चढाएर लापरबाही गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा बोटको क्षमताभन्दा बढी यात्रु चढाएर बोट सञ्चालन गर्दा इन्जिन अफ भएको र सुरक्षामा चुनौती भएको भन्दै यात्रुहरु आक्रोशित भएका थिए । उक्त घटना पश्चात गम्भीर ध्यानाकर्षण भएको भन्दै हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वाटरबोट सञ्चालन र यात्रुहरूको सुरक्षाको विषयमा सरोकारवालासँग पत्राचार गर्ने बताएका थिए । सुनसरीको चतराबाट भोजपुरको सिम्लेसम्म सप्तकोसी नदिमा सञ्चालन भई राखेको जलयातायात सञ्चालनका लागि बोटको क्षमता भन्दा बढी चढाउने, बीचमा इन्जिन फेल हुने घटनाले यात्रुको सुरक्षामा खतरा बढेको भन्दै उक्त जोखिमपूर्ण यात्राको विषयमा ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ । हतुवागढी गाउँपालिकाले जिल्ला प्रशासन कार्यलय भोजपुर, धनकुटा, सुनसरी, उदयपुर, साथै जेटबोट सञ्चालक कम्पनी, बराहक्षेत्र नगरपालिका, शहिदभूमि गाउँपालिका र बेलका नगरपालिकालाई पत्राचार गर्दै वाटरबोट सञ्चालनर व्यवस्थापनमा आइपर्ने समस्याहरुको दीर्घकालिन समाधानको लागि समन्वय गर्न अनुरोध गरेको छ । वाटरबोटको नियमन तथा समन्वयका लागि हतुवागढी गाउँपालिकाले ११ बुँदा अघि सारेको उक्त पत्रमा बोटको कानुनी प्रमाणसँगै यात्रुहरूको सुरक्षा, बोटको क्षमता, दुर्घटना बिमा, समय तालिका र भाडा दरको विषयमा उल्लेख गरिएको छ   ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क