इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको श्यामशिलामा रहेको त्रिपुरेश्वर महादेवको संरक्षण थालियो

सुनसरी / खोटाङको हलेसीको दोस्रो स्वरुपको पहिचान बनाएको भोजपुरको पौवादुङमा गाउँपालिका- १ श्यामशिला तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवस्थल संरक्षणविहीन भएकाले स्थानीयवासी संरक्षणमा जुटेको छ । विसं २०२८ मा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचार–प्रसारको पर्खाइमा छ । विगतका दिनमा संरक्षण नहुँदा हसेलीको जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रूप देख्न सकिने यो स्थानबाट अहिले कतिपय मूर्ति हराइसकिएका छन् । यहाँ शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताको मूर्तिसँगै आश्चर्यको गुफासमेत छ । करिब दुई रोपनी क्षेत्रमा फैलिएको यो देवस्थलको संरक्षण गर्न अहिले स्थानीय जनता जागरुक भएका छन् । स्थानीय युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत खर्चमा शिवको मूर्ति र १० फुटको त्रिशूल राख्नुभएको छ । चन्दा सङ्कलनबाट नै मन्दिरसम्म पुग्नका लागि बाटो निर्माण गरिएको संरक्षणको अगुवाइ गरिरहनुभएका युवक श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट सहयोग सङ्कलन गर्ने काम जारी रहेको उहाँले बताउनुभयो । युवाहरूले पहल थालेपछि यहाँ पौवादुङमा गाउँपालिका–१मा श्यामशिलको रु चार लाखको लागतमा मन्दिर निर्माण गरिएको छ । थप संरक्षण गर्नका लागि यस वर्ष गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो । जीर्ण अवस्थामा पुगेको यो स्थानको संरक्षणसँगै प्रचार–प्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याएर राम्रो आम्दानी लिन सकिने अर्का स्थानीयवासी वीरबहादुर तामाङले बताउनुभयो । यो स्थल संरक्षणका लागि घेराबारा गर्न, गुफामा बत्ती जडान गर्न र पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकमको आवश्यकता भएको स्थानीयवासीले बताए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते