भोजपुर- भोजपुरको साल्पासिलिछो गाउँपालिकामा करदाता सेवाको लागि घुम्ति शिविर सञ्चालन गरिएको छ । यहाँका नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यले शिविरमार्फत सेवा प्रदान गरिएको हो ।
करदाता सेवा कार्यालय भोजपुरको सहकार्य तथा जी फाउण्डेशनको आर्थिक सहयोगमा यस गाउँपालिकामा करदाता सेवा सम्बन्धि शिविरबाट सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो ।
नागरिकलाई सहजत सेवा प्रदान गर्ने लक्ष्यले शिविर सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष अस्मिता राईले बताउनुभयो ।
शिविर सञ्चालनले नागरिकले कर सम्बन्धि आवश्यक जानकारीसँगै सेवा लिने अवसर पाएका छन् । गाउँपालिका नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न जुटेका छन् ।
शिविरमार्फत ३९ जनाले सेवा विवरण आयकर तिरेका छन् भने ८६ जनाले व्यक्तिगत स्थायी लेखा लिएका छन् । त्यस्तै एक वटा कर दर्ता भएको गाउँपालिकाले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…