इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरको स्वास्थ्य चौकी नागीलाई स्वास्थ्यका सामाग्री वितरण

भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालका -४ नागिमा रहेको स्वास्थ्य चौकी नागीलाई स्वास्थ्यका सामाग्रीहरू स्व. सुर्ज बहादुर राईको नाममा वितरण गरिएको छ । जसमा बेड २ थान, अक्सिजन सेट २ थान, इमरजेन्सि लाइट १ थान, ह्वील चेयर १ थान, ह्वील स्ट्रेचर १ थान, नेबुलाइजर १ थान, डक्टर कुर्सी १ थान, स्ट्रेचर १ थान सामग्रीहरूको विवरण गरिएको स्वास्थ्य चौकी नागिकी इन्चार्ज मनिका राईले बताउनु भयो । उहाले भन्नू भयो "पहिला सामान नहुदा समस्या थियोे भने अहिले सामान आएर केही सहजता भएको बताउनु भयो । " पछिल्लो समयमा आएर वडा र स्थानीय सरकार मार्फत सहयोग भइरहेको बताउनु भयो । स्वास्थ्य चौकी नागीले वडाका गाउँ गाउँमा ग‍एर असक्त अपांगहरूलाई त्रैमासिक रूपमा स्वास्थ्य परिक्षण गर्दै आएको इन्चार्ज राईले बताउनु भयो । स्व. सुर्जु बहादुर राईको सम्झनामा छोराबुहारीहरु, छोरीज्वाइहरु, नाति नातिनीहरू पनाति नातिनीहरु एवम् सम्पूर्ण परिवारले वितरण गरेका छन् । किर्तिपुर आविस्कार केन्द्र काठमाडौंले समेत सहयोग गरेको छ । पहिलाको भन्दा अहिले यस स्वास्थ्य चौकीलाई मजबुत र व्यवस्थित बनाउनदै लाने टेम्केमैयुङ गाउँपालिका -४ नागिका वडा अध्यक्ष हर्कबराज राईले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क