इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा बलात्कारपछि सात वर्षीया बालिकाको हत्या

भोजपुर: भोजपुरमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । शनिबार बिहान आमचोक गाउँपालिका-६ टेङलुङछुकको जंगलको गुफामा सात वर्षीया नाबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरेको छ । नाबालिका बिहीबार साँझदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी खेलिरहेको छोरी हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय बयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट २५ जनाको टोलीली खोज तलासी गरेको थियो । अनुसन्धानमा अन्तिमपटक ती बालिका र उनको छिमेकी दीपचन्द्रको भेट भएको खुलेपछि उनीमाथि अनसन्धान गरिएको थियो । डीएसपी पाठक भन्छन्, ‘शरीरमा घाउहरू देख्यौं । त्यसपछि कसरी भयो भनेर सोध्दा घाँस काट्न जाँदा भएको भन्ने जवाफ आएपछि थप केरकार गरे पछि उनले घटना घटाएको स्वीकारे ।’ दीपचन्द्रले भनेको स्थानमै प्रहरीले ती बालिकाको शव भेटाएको छ । शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा ती बालिको शव फेला परेको थियो । बालिकको शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क