इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा बालिका बलात्कार गरेर फरार भएका व्यक्ति ७ वर्षपछि पक्राउ

भोजपुर / भोजपुरमा बालिकालाई बलात्कार गरेर फरार भएका एकजना व्यक्ति ७ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका- १ बैकुण्ठेका २६ वर्षीय सुन्दर राईलाई बुधबार पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार राईलाई लुकिछिपी बसेको अवस्थामा रामप्रसाद राई(१ ओख्रेबाट पक्राउ गरिएको हो। राई २०७३ असोज १९ गते राति ८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो। घटनामा दोषी ठहर गर्दै २०७९ माघ १८ गते जिल्ला अदालत भोजपुरले उनलाई ५ वर्ष कैद सजायको फैसला गर्यो। तर, अदालतले दोषी ठहर गरेपनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार भएका थिए। प्रहरीको खोजी सूचीमा रहेका राई अपराधमा संलग्न भएको ७ वर्षपछि पक्राउ परेका हुन्। पक्राउ परेका राईलाई अदालतमा बुझाउने तयारी प्रहरीको छ। प्रहरीले पेस गरेपछि अदालतले उनलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ।यसअघि भोजपुर प्रहरीले कर्तव्य ज्यान मद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको थियो। हत्यामा संलग्न भएको ३४ वर्षपछि गत असोज ५ गते साल्पासिलिछो गाउँपालिका(५ ९साविकको दोभाने गाविस(८०का ६७ वर्षीय चक्रबहादुर राई पक्राउ परेका हुन्। प्रहरीका अनुसार २०४६ साल कात्तिक १७ गते साविकको दोभाने(६ का २६ वर्षीय बद्रीकुमार राईको हत्या गरेर चक्रबहादुर फरार भएका थिए। दोभाने(७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका बेला खुकुरीले हानेर बद्रीकुमारको हत्या गरिएको थियो। खुकुरीले उनको देब्रे हात छिनाउँदै उक्त हात नै लिएर चक्रबहादुर फरार भएका थिए। ३४ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका(२० तरहराबाट पक्राउ गरेको हो। अदालतले उनलाई २०६० साल जेठ २७ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। डीएसपी पाठकले भोजपुरमा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेका छन्। उनी अढाई महिनाअघि प्रहरी प्रमुख भएर भोजपुर गएका हुन्। त्यसयता भोजपुरमा ४ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन्। अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपनि अपराधमा संलग्नहरु सजाय भुक्तान नगरिकन लामो समयदेखि भागिरहेका छन्। मुद्दाका पुराना फाइल खोलेर फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखिएको पाठकले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क