इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा श्रीमानले श्रीमतीको ह'त्या गरेर मल खाडिमा पुरे, श्रीमान् पक्राउ

सुनसरी / भोजपुर जिल्लाको अरुण गाउँपालिका-२ मा बस्ने ५५ बर्षीय ज्ञान बहादुर श्रेष्ठले श्रीमतीको ह'त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो शनिवार ४ बजे श्रीमान श्रीमती बिच एकआपसमा घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको थियोे । बादबिबादकै क्रममा रिसको झोकमा श्रीमानले आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठलाई घाँटी थिचेर ह'त्या गरेका थिए । प्रहरीले मल खाडिमा पुरेको सुचना पाए सँगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले ज्ञानबहादुरलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको अवस्थामा श्रीमतीको ह'त्या गरेको र ह'त्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो । घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क