इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा संस्कृति जोगाउन गाउँमा रोटे पिङ

  • निरोज कोइराला ,भोजपुर 
भोजपुर: भोजपुर नगरपालिका -१ हेलौछाको डाँडाबोखिमका गाउँलेले परम्परा जोगाउन रोटेपिङ राखेका छन् । नगरपालिका -४ का वडाध्यक्ष जीरामणि राईको पहलमा तिहारको अवसर पारेर गाउँमा रोटेपिङ लगाइएको हो । दसैं तिहारजस्ता पर्वमा पनि अहिलेको आधुनिकताका कारण रौनक हुन थालेकाले पुरानो संस्कार र संस्कृति संरक्षणमा वडाले भूमिका निर्वाह गर्दै आएको वडाअध्यक्ष राईले बताए । “अहिलेका युवापुस्ता सामाजिक सञ्चालमा नै व्यस्त हुनेहुँदा परम्परागतरुपमा चल्दै आएको संस्कार र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेका छन्”, वडाध्यक्ष राईले भने, “त्यसको संरक्षण र सम्वद्र्धनका लागि वडावासीको सहयोगमा गाउँमा पिङ हालिएको हो ।” गाउँघरमा बाँसबाट बनाइने लिङ्गेपिङसमेत विस्थापित दसैं गइरहेको अवस्थामा मेहनतका साथ काठ खोजेर रोटेपिङ लगाइएको स्थानीय धनप्रसाद राईको भनाइ छ । धनप्रसादको सक्रियतामा तीन दिन लगाएर वडामा रोटेपिङ हालिएको हो । विगतमा ग्रामीण क्षेत्रमा लोकप्रिय काठबाट बनेका रोटेपिङ अचेल देखिन छोडेका उनको भनाइ थियो । बढ्दो प्रविधिको विकास तथा अन्य सुखका कारण युवा सहर बस्न रुचाउने र गाउँ शुन्य हुने खतरा बढेसँगै गाउँको पुरानो संस्कृति र जोगाउन समस्या हुँदै आएको वडाध्यक्ष राईको धारणा छ । चार वडाको संलग्नतामा गाउँमा निर्माण गरिएको पिङमा सखुवाको काठ प्रयोग गरिएकाले निकै मजबुत छ । यो काठ आठदेखि १० वर्ष टिक्ने भएकाले चाडपर्वपछि यसलाई सुरक्षित राखेर आगामी वर्षमा पनि प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क