इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा साइवर अपराध र बालविवाहको विषयमा विद्यार्थीलाई सचेतना

भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले सदरमुकाम नजिकै रहेको विद्योदय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि साइवर अपराध र बालविवाहका बिषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तरराष्ट्रिय अभियानकारुपमा मनाइने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरुका लागि मंगलवार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आदेश अनुसार भोजपुरमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालित छ । साइवर अपराध र बालविवाहका बिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले सहभागीलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा विद्यार्थीसहित विद्यालयका संयोजक खोमराज धमला, शिक्षक अभिभावक संघका अध्यक्ष अध्यक्ष जगत तामाङ, शिक्षक लगायत गरी डेढ सय बढीको सहभागिता थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क