इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा २१ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

भोजपुर - भोजपुरमा भएको हत्याको घटनामा संलग्न २ जना अभियुक्तलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका ४ (साविकको नागी गाविस १०) का ५४ वर्षीय प्रश्नजंग राई र ५८ वर्षीय सौरज भनिने सौराज राई रहेका छन्। भोजपुर प्रहरीका प्रमुख डीएसपी सुदीपराज पाठकका अनुसार विशेष सूचनाका आधारमा दुवै जनालाई सोमबार राति पक्राउ गरिएको हो। भोजपुरको टेम्केमैयुङ ४ का भीमबहादुर राईको घरमा बस्दै आएका ४० वर्षीय भक्तबहादुर राईको २०५९ माघ २४ गते राति हत्या भएको थियो। काठको चिर्पट र घरेलु हतियार प्रहार गरेर भक्तबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्नहरू हालसम्म फरार थिए । प्रश्नजंगलाई भोजपुर नगरपालिका ७ र सौराजलाई टेम्केमैयुङ ४ बाट पक्राउ गरिएको जानकारी उनले बताए । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको डीएसपी पाठकले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क