इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत

सुनसरी / भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत गरिएको छ । यसअघि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सरसफाइको थप निरन्तरताका लागि दोश्रो चरणको काम थालनी गरिएको हो । यस वर्षबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले दोश्रो चरणको पूर्ण सरसफाई अभियान अघि बढाएको छ । सरसफाईको कार्यक्रमलाई निरन्तरता दिनको लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाई सम्वन्धि तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरता स्वरुप पुनः सरसफाईको कार्यक्रम अघि बढाएको हो । खुल्ला दिशामुक्त भएपश्चात जिल्लाको सरसरफाईको अवस्थाको बारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क संकलन गरेर सोहि अनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ शिंहले जानकारी दिए । कार्यालयले खानेपानी आयोजना सञ्चालन पूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाईको अवस्थाको बारेमा आवश्यक सूचना संकलन गरिरहेको उहाँको भनाइ छ । वि.स. २०७६ असोज ४ गते भोजपुर पूर्ण खुल्ला दिशामुक्त घोषणा भएयता पहिलो पटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाई निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख शिंहको भनाइ छ । यहाँका ८१ वटै वडाको सरसफाईको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य रहेको बताए ।जनताको सबै भन्दा महत्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाई भएपनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख शिंहले बताए । मानव जीवनको महत्वपूर्ण पक्ष सरसफाई रहेकोले यो विषयमा सवै पक्ष गम्भिर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । जिल्लामा दोश्रो चरणमा शुरु भएको सरसफाईको अभियानलाई पूर्ण रुपमा कार्यान्वयनको लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क