इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर नगरपालिकाले दियो कृषकहरुलाई हाते ट्याक्टर

भोजपुर | भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले सयुक्त रुपमा ट्याक्टर हस्तान्तरण गर्नु भएको हो । संघिय सरकारको ७० प्रतिशत अनुदान तथा कृषकहरुको ३० प्रतिशत लागतमा ट्याक्टर खरिद गरी वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रहासकीय अधिकृत मुकुन्द राईले जानकारी दिए ।

हाते ट्याक्टर हस्तान्तरण गर्दै मेयर आलेले कृषिमा आधुनिकिरण सँगै उपकरणको समेत सहयोगि भुमिका रहने भएकाले कृषकलाई ट्याक्टर वितरण गरिएको बताए । उनले आधुनिक उपकरणको प्रयोग गरी उत्पादन बढाउन पनि आग्रह गरे ।

यस्तै उपमेयर निर्मला शेर्पाले हाते ट्याक्टरको प्रयोगले समयको बचत हुने भन्दै कृषिपेशाका लागि यो फलदायी हुने बताइन् । ट्याक्टर पाएपछि कृषकहरु खनजोतका लागि सहज भएको भन्दै खुसी भएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क