इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर नगरपालिकाले भुकम्प पिडितलाई आर्थिक सहयोग गर्यो

भोजपुर / भोजपुर नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नगद १ लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले भुकम्पमा परि बढि क्षती पुगेका २ जिल्लामा प्रधानमन्त्री राहत कोष मार्फत खर्च हुनेगरी स्थानीय विपद् व्यवस्थापन कोषबाट ५०/५० हजार नगद आर्थिक सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलले जानकारी दिए । प्राकृतीक विपदमा परेका उक्त क्षेत्रका स्थानीयहरुलाई राहत,उद्धार तथा पुनंसंरक्षणमा टेवा पुगोस भन्ने हेतुले नगरपालिकाको तर्फबाट आर्थिक सहयोग प्रदान गरेको नगरप्रमुख कैलाश कुमार आलेले बताए । साथै उहाले विपद्को सामना गरीरहेका जिल्लालाई देशभरीबाट सकेको सहयोग गरी एकजुट नेपालीको आभाष दिलाउन पनी सबैमा आग्रह गरे । जाजरकोटको रामीडाडाँ केन्द्र विन्दु बनाई कात्र्तिक १७ गते राती ११ः४७ बजे गएको ६ दशमलव ४ रेक्टर स्केलको भुकम्पले नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंह सहित धेरैको मृत्यु तथा सयौँ स्थानीय धाइते भएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क