इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुर नगरस्तरीय रनिङ शिल्डको उपाधी बिद्योदय माध्यामिक बिद्यालयलाई

भोजपुर: भोजपुर नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जिल्लामा रहेको बिद्योदय माध्यामिक बिद्यालयले जितेको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको रंगशालामा माघ १२ गतेबाट सुरु भएको प्रतियोगिताका बिभिन्न खेलहरुबाट उत्कृष्ठ पदक सहित बिद्योदय प्रथम बन्न सफल भएको हो । खेलकुद प्रतियोगितामा विभिन्न विधामा सहभागी भई १४ स्वर्ण, ८ रजत र २ कास्य पदक सहित कुल २४ पदकका साथ बिद्योदयले पहिलो स्थान पाएको छ । नगरपालिका भित्रका आठ वटा माध्यामिक बिद्यालयहरुको सहभागितामा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भोजपुर नगरपालिका ४ मा रहेको सिद्धेश्वर माध्यामिक बिद्यालय दोश्रो र वडा नम्वर १२ मा रहेको यशोधरा माध्यामिक बिद्यालयले तेश्रो स्थान हासिल गरेको प्रतियोगिताका संयोजक शिवनाथ ठाकुरले जानकारी दिनुभयो । बिजेता बिद्यालयहरुलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र बितरण गर्नुभएको थियोे । विद्यालयलाई प्रथम स्थानमा उभ्याउन सफल भएकोमा सम्पूर्ण सहभागी खेलाडी भाइबहिनीहरूलाई उज्वल भविष्यको कामनाका साथ हार्दिक बधाई ज्ञापन गरेको हो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क