इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोलि वराहक्षेत्रमा मोती जयन्तीका दिन गजल महफिल हुने

सुनसरी / भोलि वराहक्षेत्र नगरपालिकाको सक्रिय साहित्यिक संस्था पूर्वेली साहित्य मञ्चले वराहक्षेत्रमा पहिलो पटक गजल महफिलको आयोजना गर्ने भएको छ । नेपाली गजलका पिता भनेर चिनिने राष्ट्रिय विभूति तथा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५७ जन्म जयन्तीको अवसरमा २०७९ भाद्र ११ गते शनिबारका दिन आधुनिक नेपाली गजल क्षेत्रका चर्चित र रूचाइएका गजलकारहरूको समुपस्थितिमा आयोजना गर्न लागिएको छ । मोती जयन्तीका दिन वराहक्षेत्र- ७ स्थित सूर्य फेमिली होटलको सभा हलमा दिनको भोलि साढे ३ बजेदेखि सञ्चालन हुने भएको छ । `वराहक्षेत्रमा साहित्यिक गतिविधिहरू कम हुने र त्यसमा पनि बिशेषगरि कविता विधालाई प्राथमिकतामा राखिने परिपाटी रहेकोमा यस पटक केही फरक गरौँ भन्ने उदेश्यले गजल महफिल आयोजना गरिएको उक्त महफिललाई "पूर्वेली महफिल" नाम दिइएको मञ्चका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । उक्त महफिलमा आधुनिक नेपाली गजलमा चलेका पूर्वेली गजलकारहरू धनकुटाका ईश्वर दाहाल, झापाका लोकेन्द्र बञ्जरा तथा सुनसरीका रोमु अधिकारीका साथमा स्थानीय गजलकार चन्द्र थपलियालाई समेटिएको आयोजकले जानकारी दिएको छ । उक्त महफिलमा सहभागीता जनाइदिन सम्पूर्ण साहित्यकार, साहित्यप्रेमी तथा स्थानीयहरूलाई आयोजकले आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता