इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोली पोखरामा सार्वजनिक बिदा 

पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शनिबार सूचना जारी गर्दै उद्घाटन समारोहमा व्यापक सहभागिता रहोस् भन्ने उद्देश्यसाथ महानगर कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय एवं शैक्षिक संघसंस्था समेतमा लागू हुनेगरी स्थानीय बिदा दिइएको बताएका छन् । उनले महानगर र अन्तर्गतका कर्मचारी र शिक्षकलाई अनिवार्यरुपमा उद्घाटन समारोहमा उपस्थितिका लागि निर्देशन पनि दिएका छन् । उद्घाटनका अवसरमा आइतबार अमरसिंहचोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने भएको छ । साथै कौडा नृत्य, घाटु नाच, याक नृत्य, बालबालिकाको नृत्यलगायत विभिन्न सांगीतिक कार्यक्रम पनि हुनेछन्। उक्त अवसरमा २०३०/०३१ मा विमानस्थलको परिकल्पना गरी जग्गासमेत छुट्याएका तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दनसमेत गरिने छ । तत्कालीन पोखरा विकासको योजनाकार पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दनको कार्यक्रम थियो । उनी देशबाहिर रहेकाले त्यो संभव भएन । महानगरले ५ दशक लामो प्रतीक्षापछि निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अवस्थासम्म आइपुग्नु पोखरा र पोखरेलीका लागि गर्वको विषय रहेको भन्दै तत्कालीन समयमा जग्गा अधिग्रहण गर्नेदेखि यसको निर्माणमा निरन्तर लागिरहेकाप्रति आभार व्यक्त पनि गरेको छ । महानगर प्रमुख धनराज आचार्यले विमानस्थल यस क्षेत्रको लाइफलाइन भएको भन्दै यसले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्नुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्ने विश्वास लिएका छन् । उद्घाटनमा अर्थमन्त्री विष्णु पौडेल, राजनीतिक दलका नेता, उद्योगी, पर्यटन व्यवसायीलगायतको सहभागिता रहनेछ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दलका सदस्य तथा यात्रुलाई स्वागत पनि गरिने विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि विमानस्थल दैनिक १८ घन्टा संचानलमा आउने छ । आइतबार उद्घाटन हुने भए पनि विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ । पोखराबाट भारतको बनारसमा पहिलो उडान भर्न बुद्ध एयरले प्रक्रिया बढाए पनि भारतीय पक्षबाट अनुमति नमिल्दा अन्तर्राष्ट्रिय उडान नहुने भएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क