इन्फो नेपाल — सञ्चारको सञ्जाल

भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको भने पनि मोदीलाई नभेटी फर्किए प्रचण्ड

काठमाडौं । शुक्रबार तीन दिने भारत भ्रमणमा निस्किाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेट्ने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पूर्ववर्ती कार्यक्रम रहे पनि रद्ध भएको छ । शुक्रबार दिल्ली प्रस्थान गर्नुअघि अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री मोदीसँग पनि भेट्ने भनेका थिए । तर, भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री मोदीलाई नभेटी अध्यक्ष प्रचण्ड फर्कन लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नड्डाको निम्तो नै अन्तिम भेट हो । साथै, सचिवालयले अध्यक्ष प्रचण्डको भारत भ्रमण उपलब्धिमुलक भएको पनि बताएको छ। अध्यक्ष प्रचण्ड आज साँझ स्वेदश फर्किदै छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क