इन्फो नेपाल — सञ्चारको सञ्जाल

भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुँदै गयो - नेता कोइराला

कोशी | नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले नेपालको कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय छवि धमिलिएको बताएका छन्।

मोरङको बूढीगंगा गाउँपालिकामा सञ्चालनमा आएको पालिका स्तरीय अस्पतालको उद्घाटन गर्दै उनले भ्रष्टाचार सम्बन्धी विभिन्न रिपोर्टले देशलाई अप्ठ्यारोमा पारिरहेको बताए।

नेता कोइरालाले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल १०७ औं स्थानमा पर्नु लज्जाजनक भएको बताए।  "देशको आर्थिक अवस्था कमजोर छ, उत्पादकत्व वृद्धि हुन सकेको छैन र परनिर्भरता बढ्दै गएको छ," उनले भने। "भ्रष्टाचारको स्तरले अन्तर्राष्ट्रिय स्तरमै नेपाललाई बदनाम बनाएको छ।"

उनका अनुसार देशमा सुशासन नहुँदा आम जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको छ, र त्यसविरुद्ध निर्मम रूपमा उभिनुपर्ने आवश्यकता छ।

नेता कोइरालाले विद्यालय तहबाटै स्वास्थ्य सचेतना अभियान संचालन गर्नु पर्नेमा जोड दिए। "देशको भविष्य स्वस्थ जनशक्ति तयार पार्नमा निर्भर छ," उनले भने।

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले प्राविधिक र सीपमूलक शिक्षा नै रोजगारीको मुख्य आधार भएको उल्लेख गर्दै, "विश्वविद्यालयले हरेक वर्ष ५ सय रोजगारी सिर्जना गर्ने गरी काम गरिरहेको छ," जानकारी दिए।

बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरका अनुसार गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। उनले अस्पतालको फार्मेसीबाट स्वास्थ्य बिमा अन्तर्गत ५०० प्रकारका औषधि तथा गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्ने बताए।

थापा मगरका अनुसार, गाउँपालिकाले सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्राम जस्ता परियोजनाहरू चाँडै मूर्तरूप लिने तयारी गरिरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क