इन्फो नेपाल — सञ्चारको सञ्जाल

भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणको आन्दोलन आजबाट थाल्दै सीके रावत

काठमाडौं । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज)बाट पहिलो चरणकाे आन्दोलन गर्ने जनाएको थियो । पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको बताइएको छ । कार्यक्रमहरु अन्तर्गत सोमबार (आज) जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने भएको छ । त्यस्तै भोली अर्थात कात्तिक ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने जनमत पार्टीले जनाएको छ । पार्टीले आन्दोलनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिसकेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क