इन्फो नेपाल — सञ्चारको सञ्जाल

मंसिर १६ गते बिहिबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर १६ गते बिहिबार इश्वी सन २०२१ डिसेम्बर २ तारीख मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी तिथी स्वाती नक्षत्र शोभन योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा स्थिर योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु प्रदोषव्रत ,पशुपतिनाथ, तारुकाघाट, रामेछाप त्रिवेणीहरुमा मेला,हलेसी महादेव, झापा सताक्षीधाम तथा अर्जुनधारा आदि स्थानमा मेला, बलाचह्रेपूजा ,लामाचिरामेला धादिङ ~ योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - आजको दिन भोगबिलास गर्ने साधनहरु प्राप्त हुनेछ, धन तथा पुत्रको लाभ होला, मनमा उत्साह बढ्नेछ, नसोचेको स्थानबाट लाभ हुनेछ, पुत्र तथा पत्नीको साथ सहयोग प्राप्त होला। वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - अनेक प्रकारका लाभ हुनेछ, धार्मिक कार्यमा मन जानेछ, उच्च पद तथा धन प्राप्त होला, वैदेशिक रोजगारको अवसर आउनेछ, शत्रु पक्ष कमजोर होलान् , हरेक प्रकारका सुख प्राप्त होला। मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - गर्दा सावधानी अपनाउनु होला, कुनै मालसामान हराउन सक्छ, लामो तथा छोटोे दुरिको यात्रा गराउला, तर पनि वैदेशिक क्षेत्र भने कमजोर रहला, आजको दिन कसैलाई भरोसा नदिनु होला। कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - आजको दिन कुनै रमणीय तथा नयाँ स्थानको सुखद यात्रा होला, पारिवारिक जीवन तथा प्रेम सम्बन्ध राम्रो हुनेछ। कुनै पनि मनोरञ्जनमा सहभागी भईएला। सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - धार्मिक यात्राको योग बनेको छ, बौद्धिक कार्यमा सफलता मिल्नेछ, कुनै पनि रचनात्मक कार्यमा मन जानेछ, धन तथा मानमा वृद्धि गराउला। कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - आजको दिन हर्ष उल्लासका साथ बित्नेछ, न्यायीक क्षेत्र बलवान् देखिन्छ। प्रेमिकाको सहयोगले अधुरा काम पूरा हुनेछन् , धेरै समयपछि आत्मीयजन सँग भेट होला। तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - बिपरित लिङ्गी प्रतिको आकर्षणले तनाव उत्पन्न होला, आफू कमजोर भएको अनुभव होला, आजको दिन सहयोग गर्ने भन्दा आश गर्ने हरु धेरै होलान्, दक्षिण तिरको यात्रा गर्दा सावधानी अपनाउनु होला। वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - आजको दिन मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, धार्मिक तथा सामाजिक कार्यमा मन जाला, तपाईंको शुभ कार्यको चर्चा चारैतिर फैलिने छ। आफन्तजनको सहयोगले कुनै बिशेष काॠ सम्पन्न हुनेछ। धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - आजको दिन तनावपुर्ण रहनेछ। अनावश्यक झुटो आरोप लाग्ने हुँदा सावधानी अपनाउनुहोला, साहस तथा धैर्यताले काम लिनुहोला, तर मध्याह्न तिर भने धन प्राप्ति योग रहेकोेछ। मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - शैक्षिक क्षेत्रमा कुनै पनि स्थानमा अतिथिको रूपमा सत्कार पाइएला, वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ, पुत्र तथा पत्नीको सहयोगले आजको दिन सुखमय रहनेछ। कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, आफन्त तथा इष्टमित्रबाटै धोका हुनसक्छ। बोल्दा बिचार गरेरै मात्र बोल्नुहोला, झैझगडा तथा अनावश्यक खर्च हुनसक्छ। मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - तपाईंको आजको दिन चारैतिरबाट सफलताका मार्गहरु खुल्नेछ्न, तपाईंको बौद्धिक क्षमताको परिक्षण हुनेछन् ,मान तथा सम्मानमा वृद्धि हुनेछ । मन प्रसन्न रहला।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी