इन्फो नेपाल — सञ्चारको सञ्जाल

मंसिर १९ देखि २४ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ? मंसिर १९ देखि २४ गते सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा संघर्ष गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। पछिको फाइदाका लागि अरूको सेवामा जुट्नुपर्ने हुन सक्छ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। मंगलवारदेखि समयले साथ दिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। केही खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले पनि सताउन सक्छ। जिम्मेवारी बढ्नेछ र अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने बिहीवारदेखि रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ र उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने अर्थ अभावले आँटेको काम रोकिन सक्छ। आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। तापनि, मिहिनेतले आशा जगाउनेछ।मिहिनेतले प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् र नयाँ अवसर समेत प्राप्त हुनेछ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। सानाे प्रयत्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै राेकिएकाे काम पनि प्रारम्भ हुन सक्छ। अवसरका साथै केही चुनाैती भने देखा पर्नेछन्। यात्रा गर्दा परिस्थिति र स्वास्थ्यमा ध्यान पुर्याउनुहाेला। बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र केही झमेला आइपर्ने सम्भावना देखिन्छ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीहरिको स्मरण या दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ । कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो मिहिनेतले प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् र नयाँ अवसर समेत प्राप्त हुनेछ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। सानाे प्रयत्नले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो तथा रमाइलो यात्राको प्रक्रिया अघि बढ्नेछ। भौतिक साधन जुट्नुका साथै राेकिएकाे काम पनि प्रारम्भ हुन सक्छ। अवसरका साथै केही चुनाैती भने देखा पर्नेछन्। यात्रा गर्दा परिस्थिति र स्वास्थ्यमा ध्यान पुर्याउनुहाेला। बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्यबाधा, काममा अवरोध र केही झमेला आइपर्ने सम्भावना देखिन्छ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रारम्भमा ईर्ष्या गर्नेहरूले अवरोध गरे पनि प्रयत्न गर्दा काम सम्पादन हुनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिए पनि सामान्य प्रगति हुनेछ। आफ्नो अभियानबाट धेरैले फाइदा उठाउन सक्छन्। पहिलेकाे स्थितिमा सुधार आउनेछ भने नयाँ अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। देश–विदेश यात्रा गर्ने साइत जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमकाे बन्धन कसिले हुने सम्भावना छ। महत्त्वाकांक्षी निर्णय लिन उपयुक्त समय पर्खनुहोला। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ । कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारदेखि स्थिति अनुकूल बन्नाले केही अवसर प्राप्त हुनेछन्। तर, हिम्मतले मात्र काम बन्नेछ। सप्ताहान्तमा अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। काममा अवराेध गर्न आउने प्रतिस्पर्धीहरू स्वत: पराजित हुनेछन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सफल भइनेछ। यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महा लक्ष्मीजीको दर्शन गरी कार्य गर्दा लाभ मिल्नेछ । तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुने समय छ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम बिस्तारै बन्नेछन्। मंगलवार, बुधवार र बिहीवार भने घरायसी समस्याले अल्झाउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। समयमा जुट्न नसक्दा चिताएका काममा केही बाधा पर्नेछ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्न सक्छ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। मेहनतले मनग्य फाइदा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु बोलीको प्रभावले मनग्य फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। तर अरूको मात्र भर पर्नाले आफ्नो महत्त्वाकांक्षा समयमा पूरा नहुन सक्छ। साइनो गाँस्नेहरूले अलि दु:ख दिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न पनि सकिनेछ। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे साता उत्साहवर्द्धक रहनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मिहिनेतले काममा सफलता मिल्नेछ। केही विवादास्पद काम गर्नुपर्ने हुँदा बोली–व्यवहारमा भने अलि संयम रहनुपर्ला। सप्ताहान्तमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुन सक्छ। पराक्रम बढ्नाले नयाँ याेजना थालनी गर्न सकिनेछ।यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रारम्भमा खर्चिलाे काममा जुट्नुपर्ने हुँदा अर्थ अभाव देखापर्नेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। केही व्यावहारिक चुनौती पनि सामना गर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ र नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। उपहारका साथै स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनतले पहिले रोकिएको प्रतिफल पनि दिलाउन सक्छ। मान-सम्मानका साथै विशेष उपलब्धि प्राप्त हुने समय छ। यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द आम्दानी बढ्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रशस्त दाम पनि हातलागी हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। मंगलवारदेखि भने खर्चको मात्रा बढ्नेछ। समयमा रकम हातलागी नहुँदा काममा पनि समस्या पर्नेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले दुःख पाइनेछ। शुक्रवारदेखि विभिन्न अवसर प्राप्त हुनाले मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आँटेको काम सम्पादन हुनेछ। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ । मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोत थपिनाले लाभांश पनि बढ्नेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। मंगलवारदेखि फजुल खर्च पनि बढ्नेछ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला। घर–परिवारबाट टाढिनुपर्ने हुन सक्छ, तापनि टाढाकाे यात्रा गर्ने साइत भने जुर्न सक्छ।यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।  

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी