इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकर राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

मकर राशिहरुका लागि ज्योतिषको दृष्टिकोणले वर्ष २०८० कस्तो रहनेछ ? मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मकर राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ रहनाले आरोग्यता मिल्ने र रोकिएको धन हात पर्नेछ, तर कमजोर बृहस्पति र शनिको अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने, शत्रु बढ्ने र स्वास्थ्यमा समस्याहरू आउन सक्ने देखिन्छ । यदि जन्म जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह शुभ र बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा हुन सक्छ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । वैदेशिक व्यापार/व्यवसाय राम्रो भएर जानेछ । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुपर्छ । वैशाख र भाद्र महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिकोणले असार, असोज, र मंसिर महिना शुभ रहनेछन् । यो वर्ष नयाँ व्यक्तिहरू सँगको सम्बन्धमा सफलता मिल्नेछ । प्रेम सम्बन्धलाई अगाडि बढाउनु राम्रै हुनेछ । असोज महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । साउन र माघ महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ । आफन्त, दाजुभाइ तथा घरपरिवारसँगको विवाद भने समाप्त हुनेछ । यो वर्ष शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति राम्रो नरहे पनि साउनबाट भने राम्रै रहन सक्छ । स्वास्थ्य, आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थापन र भाषाका शिक्षार्थीहरूलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ । शैक्षिक क्षेत्रबाट भाद्र र फागुन महिनामा अधिक सफलता मिल्नेछ । यो वर्ष विशेष गरि वैदेशिक क्षेत्रका काम बन्ने र नयाँ रोजगारीको राम्रो अवसर मिल्नेछ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । सञ्चार, चालक र सौन्दर्य पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । शेयर बजार र संयुक्तरुपमा गरिएको लगानी भने फलदायी नहुन सक्छ । यो वर्ष शनिको अन्त्य साढेसातिले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ । स्वास्थ्यमा नयाँ समस्या बढ्न सक्नेछ । खानपिनमा पनि विचार पुर्याउनु आवश्यक छ । शरीरले दु:ख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । त्यसैले सबैको स्वास्थ्य प्रति सचेत रहनु होला । शुभ रङ्ग निलो, सेतो, खरानी, र हरियो शुभ रङ्ग हो । शुभ अङ्क १, २, ६ र ८ शुभ अङ्क हो । बृहस्पति र शनिको नकारात्मक प्रभावबाट बच्न प्रत्येक शनिबार पिपलको बोटमा जल चडाउने, दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले साथै बृहस्पति र शनिको ग्रहपूजा, जप र हवन गराउनाले ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ । जन्म दिनमा पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह वाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्दिनाले पनि चाँडै सफलता अवश्य पाइनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी