इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरको एक बालगृहमै बालिका बलात्कृत

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका  बालिकाका लागि सञ्चालित भनिएको एक होस्टेलमा बस्दै आएकी किशोरीले आफू त्यहीँ पटक–पटक बलात्कार भएपछी प्रहरीमा जाहेरी दिएँकी छन्। होस्टेल प्रमुखमाथि नै यस्ता गम्भीर आरोप लागेपछि व्यवस्थापन र निरीक्षणप्रति प्रश्न उठेको छ।

१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको उक्त होस्टेलमा बस्दै आएकी थिईन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन्। हाल त्यहाँ उनीसहित १५ जना बालिकाहरू छन्।

तर, गत जेठ १ देखि जेठ ८ सम्मकै अवधिमा होस्टेल प्रमुख मधुसुधन रावतले आफूलाई पटकपटक बलात्कार गरेको उनी बताउँछिन्। असार ८ गते किशोरीले दिएको जाहेरीपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान सुरु गरेको छ।

१७ वर्षीया ती किशोरीले दिएको जाहेरीका अनुसार सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको कैलाशस्थित फिल्डका हेड अफिसर मधुसुधन रावतले गत जेठ १ देखि ८ सम्मकै बीचमा आफूलाई पटकपटक बलात्कार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु आर्यालले उजुरी दर्ता भएको पुष्टि गरे। “जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ,” उनले भने। हाल किशोरीलाई हेटौँडाको एक सेभ हाउसमा राखिएको छ।

जाहेरीका अनुसार होस्टेलको कर्मचारी रावतको कोठामा दुध पुर्याउन गएको बेला बलात्कार गरे। पछि धम्की र मानसिक दबाबमा राखेर पटक–पटक जबर्जस्ती गरेको आरोप उनले लगाएकी छन्।

ती किशोरीमाथि १८ महिना पहिले पनि उनीमाथि बलात्कार भएको भन्दै उजुरी परेको थियो। त्यो घटनामा आरोपीलाई अदालतले केही दिनअघि पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

संरक्षण र शिक्षा दिने उद्देश्यले सञ्चालित होस्टेलमै यस्तो घटना दोहोरिनुले व्यवस्थापनको कमजोरी र निरीक्षणको अभाव देखाएको अधिकारकर्मीहरूको भनाइ छ। मानव अधिकारकर्मी तथा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले जसको जिम्मामा बच्चाहरूको सुरक्षा छ, त्यही कर्मचारीमाथि यस्ता गम्भीर आरोप लाग्नु निकै गम्भीर विषय रहेको बताईन् । उनको यस्ता घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने जोड थियो ।

उनका अनुसार यस्ता घटनाले स्थानीय अधिकारकर्मीहरूको काममा थप चुनौती थपिदिएको छ। उनले भनिन्, “हामी विपन्न समुदायको संरक्षण र चेतना अभिवृद्धिका लागि निरन्तर गाउँगाउँ पुगिरहेका छौं। यस्ता संस्थामा यस्तो घटना हुनु निकै दुखद छ। घटनामा जिम्मेवारीबाट पन्छिन खोज्नु हुँदैन। पीडितमाथि एकपछि अर्को घटना भइरहँदा स्थानीय सरकार र संस्थाले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ।”

सापकोटाका अनुसार यस्ता घटनामा संस्थाले आफूलाई कानुनी र सामाजिक हिसाबले पनि जिम्मेवार ठान्नुपर्छ। “अहिले पनि पीडितले न्याय नपाउँदा, र एक महिनासम्म पनि प्रहरीले मुख्य आरोपीलाई पक्रन नसक्दा घटना झन् शंकास्पद बनेको छ,” उनले थप भनिन्। साथै, उनले स्थानीय सरकारलाई थप सक्रिय र जवाफदेही भएर बालबालिकाको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिइन्।

यसैबीच, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान भने यो विषयबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए। “हामीले पहिल्यै पनि यस्तो कुनै घटना नहोस् भनेर सबैलाई सचेत गराएका थियौं। तर, अहिले फेरि यस्ता घटना भएको खबर सुन्दा दुःख लाग्यो। संस्था राम्रो उद्देश्यका लागि काम गर्दै आएको छ, तर त्यसको नाममा गलत काम स्वीकार्य छैन,” मोक्तानले भने। उनका अनुसार गाउँपालिकाले यस विषयमा अब थप जिम्मेवारीपूर्वक अनुगमन गर्नेछ।

उनले भने , “संस्थाले यो विषय गाउँपालिकालाई जानकारी नदिई लुकाउन खोजेको जस्तो देखिन्छ। हामीले पहिले पनि यस्तो नहोस् भनेर सुझाव दिएका थियौं। तर, अहिले बजेट लगायतका काममा व्यस्त रहँदा घटनाबारे थाहा पाउन सकेनौं। अब भने थप गम्भीर भएर काम गर्छौं।”

यता, सांग्रीला डेभलपमेन्ट एसोसिएसनका संयोजक सागर थापाले भने घटनाबारे अनुसन्धान प्रहरीले गरिरहेको बताए। “हामी हाम्रो तर्फबाट प्रहरीले मागेका सबै विवरण र सहकार्य गरिरहेका छौं,” उनले भने। घटनामा संस्थाको तर्फबाट कुनै पनि सहयोग आवश्यक परे तत्काल उपलब्ध गराउने आश्वासनसमेत उनले दिए।

स्थानीय प्रहरी र सरोकार निकायहरूले घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने आश्वासन दिएका छन्। तर, होस्टेलकै नेतृत्वबाट यस्तो घटना भएको आरोपले संस्थागत व्यवस्थापन र राज्य नियमनमाथि प्रश्न उठेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क