इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरगढीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न, झन्डै ६० लाख संकलन

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा माघ २ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सम्पन्न भएको छ। महायज्ञबाट झन्डै ६० लाख रुपैयाँ बराबरको सहयोग संकलन भएको समारोह समितिले जनाएको छ जसले जालपा/जलेश्वर मन्दिरको भौतिक संरचना निर्माणमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष रामकृष्ण न्यौपानेका अनुसार दान कोषमा नगद २८ लाख ८९ हजार १ सय ९० रुपैयाँ, जिन्सी सहयोग २५ हजार रुपैयाँ र आगामी बजेटमा सम्बोधन हुनेगरी ३० लाख रुपैयाँ थप सहयोग प्रतिबद्धता गरिएको छ।

अन्तिम दिन विशेष रूपमा काठमाडौँ शङ्खरापुर ९ का राजकुमार श्रेष्ठले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले ५२ हजार १ सय ५ रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाले ५० हजार ५० रुपैयाँ, र मकवानपुरगढी ६ झल्लाका जित बहादुर घलानले २५ हजार १ सय ५५ रुपैयाँ दान गरेको न्यौपानेले जानाकारी दिए ।

माघ २ गते कलशयात्रा मार्फत सुरु भएको महायज्ञमा हरेक दिन धार्मिक कथा वाचन, भजन, झाँकी प्रदर्शन, सामूहिक ब्रतबन्ध, चौरासी पूजा, तुलादान र जिन्सीदानजस्ता धार्मिक अनुष्ठान भएका थिए।  महायज्ञमा पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाले कथा वाचन गरेका थिए। साथै, सांगीतिक प्रस्तुति र झाँकी प्रदर्शनीले महायज्ञमा छुट्टै रौनक थपेको थियो।

समापन कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिले सबै सहयोगदाताप्रति हार्दिक आभार प्रकट गर्दै महायज्ञबाट संकलित रकम मन्दिरको संरचना निर्माणमा पारदर्शी रूपमा उपयोग गरिने प्रतिबद्धता जनाएको छ ।

डुम्रेकुना मकवानपुरगढी गाउँपालिकाको केन्द्रमा पर्ने स्थान हो, जहाँ कान्तिलोकपथ हुँदै शिखरकटेरी वा सामरी पुल हुँदै सहजै पुग्न सकिन्छ। महायज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक चेतना फैलाउनुका साथै मन्दिरको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क