इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा अपराध बढ्दै, डिजिटल अपराधका उजुरीमात्रै ८ सय ८५

हेटौँडा | मकवानपुर जिल्लामा पछिल्लो तीन वर्षमा अपराधको मात्रा क्रमिक रूपमा बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ। विशेषगरी डिजिटल अपराध, लागु औषध कारोबार र भन्सार छलीका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको पाइएको छ।

जिल्लामा २०७९/०८० मा ८ सय ६६ वटा मुद्दा दर्ता भएकोमा २०८०/०८१ मा यो संख्या बढेर १ हजार १९ पुगेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा भदौसम्म १ सय ६४ मुद्दा दर्ता भइसकेको छ। यो तथ्याङ्कले अपराधको अवस्था अझै गम्भीर हुँदै गएको संकेत दिन्छ। चोरी, अभद्र व्यवहार, बैंकिङ कसुर, र ज्यानसम्बन्धी घटनाहरूको संख्या बढ्दै गएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

!function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r=0;r

२०७९/०८० मा १ सय ५३ वटा लागु औषध मुद्दा दर्ता भएकोमा २०८०/०८१ मा १५८ पुगेको छ। यस अवधिमा मकवानपुर प्रहरीले २ सय ४९ जनालाई पक्राउ गरेको थियो ।

भन्सार छलि गरी ल्याइएका सामानहरूमा पनि प्रहरीले ठूलो मात्रामा नियन्त्रण गरेको छ। २०८०/०८१ मा ५५ करोड ६५ लाख रुपैयाँ बराबरको भन्सार छलि सामान समातिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा भदौसम्म १ करोड ५४ लाख रुपैयाँ बराबरका सामानहरू बरामद गरिएका छन्। यस्ता सामानहरूको ओसारपसारमा संलग्न १७ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रिजालले बताए । ।

 डिजिटल अपराध पनि मकवानपुरमा बढिरहेको देखिएको छ । २०७९/०८० मा १ सय ९३ वटा बिधुतिय अपराधका मुद्दा दर्ता भएकोमा २०८०/०८१ मा यो संख्या ५ सय ६३ पुगेको छ। यसमा फेसबुक आईडी ह्याक, फेक आईडी बनाउने, अनलाइन ठगी लगायतका घटनाहरू रहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

!function(){"use strict";window.addEventListener("message",(function(a){if(void 0!==a.data["datawrapper-height"]){var e=document.querySelectorAll("iframe");for(var t in a.data["datawrapper-height"])for(var r=0;r

प्रहरीले घरेलु हिंसा सम्बन्धी उजुरीहरूमा पनि प्रभावकारी काम गरेको छ। २०७९/०८० मा ४ सय ३२ उजुरी परेकोमा २ सय ६१ वटा मिलापत्र गरिएको थियो। २०८०/०८१ मा ३०८ उजुरी दर्ता भएकोमा १ सय ८० उजुरी प्रहरीले मिलापत्रमा परिणत गरेको छ । चालु आर्थिक वर्षको भदौसम्म ५३ उजुरीमा २५ वटा मिलापत्र गरिएको उपरीक्षक रिजालले बताए ।

तथ्यांकलाई हेर्दा मकवानपुर जिल्लामा अपराधको मात्रा बढ्दै गएको स्पष्ट देखिन्छ। लागु औषध ओसारपसार, भन्सार छलि, डिजिटल अपराध, र घरेलु हिंसा जस्ता प्रमुख अपराधहरूमा प्रहरीको सक्रियता पनि बढिरहेको छ ।

अबका तीन वर्षका लागि, यो आँकडामा आधारित अनुमान गर्दा अपराधमा अझै बढोत्तरी हुने देखिन्छ। मकवानपुरमा बढ्दो शहरीकरण, प्रविधिको पहुँच र आर्थिक अस्थिरताका कारण अपराध नियन्त्रण गर्न चुनौतीपूर्ण अवस्था आउने सम्भावना छ। प्रहरीको क्षमता विस्तार, आधुनिक प्रविधिको उपयोग, र कानूनी सुधार मार्फत यस्ता गतिविधिहरूलाई नियन्त्रणमा राख्न प्रयास गर्नुपर्नेछ।

डिजिटल अपराध, लागु औषध ओसारपसार, र भन्सार छलिका घटनाहरूलाई नियन्त्रण गर्न विशेष निगरानी आवश्यक देखिएको छ । यस्तै, नागरिकहरूलाई सचेत बनाउन तथा कानूनी व्यवस्था सुधार गर्न पनि थप पहलको आवश्यकता देखिन्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क