इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा अविरल वर्षाले दर्जनौं घर डुबान, राजमार्ग अवरुद्ध

हेटौँडा | शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण मकवानपुरमा दर्जनौं घर डुबानमा परेका छन् भने हेटौँडा -काठमाडौं जोड्ने छोटा दुरीका राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका-५ का विभिन्न क्षेत्रहरूमा डुबान भएको छ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, करिब २५ देखि ३० वटा घरहरू डुबानमा परेका छन्। "हामीले तत्काल उद्धार कार्य सुरु गरेका छौं," उनले भने , "हालसम्म कुनै मानवीय क्षति भएको छैन।"

यसैबीच, मकवानपुर र काठमाडौं जोड्ने सडक खण्ड पनि अवरुद्ध भएको छ। भिमफेदि गाउँपालिका-४ चिउरी बगैचामा अपराह्न ४ बजेतिर खसेको पहिरोले भिमफेदि-काठमाण्डौ-हेटौडा सडक खण्ड पूर्णरूपमा अवरुद्ध गरेको छ। यो सडक अवरोधले दुवैतर्फका यात्रुहरूलाई प्रभावित पारेको छ।

त्यस्तै, बर्षाका कारण पहिरो खस्दा अबरुद्ध बनेको हेटौँडा- काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा भने यातायात पुन:संचालनमा आएको प्रहरीले जनाएको छ ।

मौसम विभागले अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ। स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन र आपतकालीन सम्पर्क नम्बरहरू तयारी अवस्थामा राख्न सुझाव दिइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क