इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा उत्साहजनक मतदान: बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता

हेटौँडा | प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज फागुन २१ गते देशभर मतदान भइरहेको छ। मकवानपुर जिल्लामा पनि बिहानैदेखि मतदाताको उत्साहजनक सहभागितासहित मतदान जारी रहेको छ। विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको लाम देखिएको छ भने शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया अगाडि बढिरहेको छ। मकवानपुरमा दुई निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाका १०२ वडामा १६७ मतदानस्थल र ३७४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। मकवानपुर–१ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्रमा १ लाख ५८ हजार ४३४ मतदाता रहेका छन् भने मकवानपुर–२ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्रमा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लामा दुई अस्थायी मतदानस्थलसमेत तोकिएको छ। भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अस्थायी मतदानस्थल राखिएको हो। भीमफेदी कारागारमा ९ सय ९५ कैदीबन्दी भए पनि मतदाता नामावलीमा भने ७५ जनाको मात्रै नाम समावेश गरिएको छ, जसमा ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। मतदान शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको संयुक्त सुरक्षा टोली मतदान केन्द्रमा परिचालन गरिएको छ। बिहानैदेखि वृद्धवृद्धा, युवा तथा महिला मतदाताहरू उत्साहका साथ मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।  मकवानपुरका विभिन्न मतदान केन्द्रमा देखिएका केही दृश्यहरू।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क