इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा नक्षत्र वाटिका स्थापना

मकवानपुर | वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत वृन्दावन वनस्पति उद्यान परिसरमा ‘नक्षत्र वाटिका’ स्थापना गरिएको छ। वनस्पति विभागको ६६औं वार्षिकोत्सव तथा २७औं वनस्पति दिवसको अवसर पारेर उक्त वाटिका स्थापना गरिएको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका प्रमुख हेमराज पौडेलले जानकारी दिए ।

धार्मिक अवधारणामा आधारित यस वाटिकामा २७ नक्षत्रसँग सम्बन्धित वनस्पति प्रजातिहरूलाई वृत्ताकार ढाँचामा नक्सांकन गरी रोपिएको प्रमुख पौडेलले बताए  । उनका अनुसार परम्परागत मान्यता अनुसार उत्तराषाढामा कटहर, श्रवणामा आँक, धनिष्ठामा शमी, शतभिषामा कदम, पूर्वभाद्रपदमा आँप, उत्तरभाद्रपदमा नीम, रेवतीमा महुवा, अश्विनीमा कुचिला, भरणीमा अमला, कृतिका मा डुम्री, रोहिणीमा जामुन, मृगशिरामा खयर, आद्रामा सिसौ र पुनर्वसुमामा बाँस रोपिएको छ।

यस्तै, पुष्यमा पिपल, अश्लेषामा नागेश्वर, मघामा बर, पूर्वफाल्गुणीमा पलाश, उत्तरफाल्गुणीमा काभ्रो, हस्तामा रिठा, चित्रामा बेल, स्वातीमा अर्जुन, विशाखामा कंकेरो, अनुराधामा बकुल, ज्येष्ठामा सिमल, मूलमा राजवृक्ष र पूर्वाषाढामा वेत प्रजातिहरू समावेश गरिएको उनले जानकारी दिए ।

केन्द्रका प्रमुख हेमराज पौडेलका अनुसार विशाखा नक्षत्रसँग सम्बन्धित कंकेरो बाहेक अधिकांश वनस्पति नेपालमै उपलब्ध भएकाले क्रमशः सबै प्रजाति संकलन गरी व्यवस्थित रूपमा रोप्ने योजना छ। उनले वैदिक सनातन संस्कृति र प्रकृतिबीचको सम्बन्धलाई जोड्दै यस्ता प्रयासले वातावरण सन्तुलनमा सहयोग पुग्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक डा. बलराम भट्टले जनसहभागितामा आधारित यस्ता कार्यक्रमले वन, वनस्पति र वातावरणको महत्व जनस्तरमा बुझाउन सहयोग पुग्ने उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क