इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाई मरे!

हेटौंडा| मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ७ मनसाही जरायोटारमा आज बिहान बाघले आक्रमणबाट ४ वटा गाई मरेका छन् । ६५ वर्षीय रुद्र बहादुर रानाले आफ्नो गाई मनकामना सामुदायिक वनमा चराउन छाडेका थिए। उनका गाईहरू दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा मनकामना वनमा मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनास्थल निरीक्षण गर्दा २ वटा गाईको पछाडिको भाग खाइएको र बाँकी २ वटालाई बाघले आक्रमण गरी मारेको देखिएको जनाईएको छ। स्थानीयवासीले बिहान ११ बजेतिर नै यस घटनाको जानकारी प्रहरीलाई गराएका थिए। तर अपरान्ह ४ बजेतिर मात्र प्रहरी टोली घटनास्थलमा पुगेको थियो। बाघको आक्रमणबाट मानिसहरु सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयले स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क