मकवानपुर: त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीम फेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएको मोटरसाइकल चालक मकवानपुर भीम फेदी गाउँपालिका–६ बैक रोड बस्ने वर्ष ३४ वर्षीय सुमिन लामाको हेटौँडा अस्पतालमा उपचारको क्रममा शुक्रवार ९ बजेर २५ मिनेटमा डाक्टरले मृत घोषणा गरेका थिए । भैँसेबाट हेटौँडा आउँदै गरेको ना १७ प २१८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन । उनको बायाँ खुट्टा र च्यापुमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते बस्नेतको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । -/ फाईल तस्बिर ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…