इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।

शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीर जलाएका हुन् । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।

सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए ।

सिन्धुपाल्चोकमा शुक्रबार आयोजित जनसभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिएपछि राप्रपा प्रचण्डविरुद्ध आक्रामक भएको छ ।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि प्रचण्डको अभिव्यक्तिको विरोध गर्दै कडा प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क