इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा राष्ट्रिय परिचयपत्र शाखा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने

हेटौँडा |  जिल्ला प्रशासन कार्यालय मकवानपुरको राष्ट्रिय परिचयपत्र शाखा अब बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ। प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा जारी सूचनाका अनुसार नयाँ समयतालिका भोली जेठ २६ गतेदेखि लागू हुनेछ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीहरूको भीड दिनप्रतिदिन बढिरहेको, तर शाखामा सीमित जनशक्ति मात्र रहेकाले सेवाग्राहीलाई सहज बनाउन कार्यालयको सेवा समय बढाइएको जनाएको छ।

यसअघि बिहान १० बजेदेखि सुरु हुने सेवा अब बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। विस्तारित समयले सेवाग्राहीलाई लामो समय पर्खनुपर्ने झन्झट कम हुने प्रशासनको विश्वास छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क