इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा शान्ति सुरक्षाका लागि सशस्त्र प्रहरीको निरन्तर सक्रियता

हेटौँडा | सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र जनताको जीउधनको सुरक्षा गर्न निरन्तर प्रयास गरिरहेको छ। गणका गणपती ज्ञान प्रसाद भुर्तेलका अनुसार, उनीहरू विभिन्न अपराधिक गतिविधिहरूको नियन्त्रण, वन र प्राकृतिक स्रोतको संरक्षण, र अवैध व्यापार रोक्नमा केन्द्रित छन्।

गणले मासिक रूपमा ४/५ पटक विशेष अपरेसनहरू सञ्चालन गर्दै आएको छ , जसमा सम्भावित घटनास्थल, मेला, महोत्सव र अन्य सार्वजनिक कार्यक्रमहरूमा गस्ती परिचालन गर्दछ । यी अपरेसनहरूको मुख्य उद्देश्य जनतामा सुरक्षाको भावना जगाउनु र सम्भावित अपराधिक गतिविधिहरू रोक्नु हो।

[caption id="attachment_47348" align="aligncenter" width="1500"] पूर्वपश्चिम राजमार्गमा सशस्त्र प्रहरी बल नं १४ द्वारा सवारी साधनमा चेकजाँच गर्दै ।[/caption]

सशस्त्र प्रहरीले स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक र विद्यार्थीहरूसँग नियमित अन्तरक्रिया गर्दै आएको छ। विशेषगरी विपद् सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी समुदायलाई सशक्त बनाउने प्रयास गरिएको छ।

गणपती भुर्तेलले बताए , "हाम्रो मुख्य लक्ष्य भनेको जनता र प्रहरीबीचको दूरी कम गर्नु हो। हामी चाहन्छौं कि जनताले सधैं आफ्नो नजिक सशस्त्र प्रहरीको उपस्थिति महसुस गरून्। हामी ४ ओटै सुरक्षा निकायको समन्वयमा काम गरिरहेका छौ । हामीले औद्योगिक क्षेत्रमा सुरक्षा गस्ती परिचालन गरेर सुरक्षा दिईरहेका छौ । "

यस प्रकारको निरन्तर सक्रियताले मकवानपुर जिल्लामा अपराध न्यूनीकरण र सामाजिक सुरक्षा वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ। सशस्त्र प्रहरी बलको यस प्रयासले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको र शान्ति सुरक्षाको वातावरण निर्माणमा सहयोग पुगेको स्थानीयहरूको भनाइ छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क