इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा सवारीसाधन चोरीका घटना बढ्दै

हेटौँडा | मकवानपुर जिल्लामा पछिल्ला दिनमा सवारीसाधन चोरीका घटनाहरूले पुनः चर्चा पाउन थालेका छन्। साना सवारीदेखि ठूला ट्रकहरू समेत चोरी हुने क्रम तीव्र बनेको छ। ट्रक चोरीको घटना सेलाउन नपाउँदै, फेरि एक सातामै अर्को माइक्रो चोरी भएको छ, जसले जिल्लाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

हेटौँडा उपमहानगरपालिका–११, नवलपुरका नवीन बर्तौलाको घर अगाडि पार्क गरिएको भे. १ ज. १२०४ नम्बरको माइक्रोबस आइतबार राति चोरी भएको हो। खोजतलासपछि उक्त माइक्रो मनहरी गाउँपालिका–७ पुलिमुनि खोलाको छेउमा छाडिएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय मनहरी का अनुसार, सवारी धनीलाई माइक्रो सोमबार बुझाइएको छ।

यसअघि पनि मनहरी गाउँपालिका–७, रमनटारका ट्रक चालक सोमबहादुर थिङको ट्रक (ना. ६ ख. ३६६१) चोरी भएको थियो। ट्रक आफ्नै घर नजिकै पार्क गरिएको थियो। खोजतलासका क्रममा उक्त ट्रक रजैया क्षेत्रको पूर्व–पश्चिम राजमार्गको जंगलमा भेटिएको थियो।

यो मात्र होइन, हेटौँडा–१० का बमबहादुर न्यौपानेको ना. २ ह. १३७१ नम्बरको अटो पनि आठ महिना अघिदेखि हराइरहेको थियो। उक्त अटो भरतपुर महानगरपालिका–११, सल्लेरी टोलबाट फेला परेको हो। अनुसन्धानका क्रममा नवलपरासी कुलिन्टार गाउँपालिका–१ का गोपाल श्रेष्ठ (३० वर्ष) र भरतपुर–११ का शंकर ढकाल (३२ वर्ष) पक्राउ परेका छन्।

सवारीधनीहरू अब आफ्नै घर अगाडि पार्किङ गर्न समेत डराउन थालेका छन्। रातको समयमा पार्क गरिएको सवारी हराउनु सामान्य हुन थालेको छ। चोरीका घटनाहरू बढ्दो हुँदा स्थानीयले प्रहरी प्रशासनसँग सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल का अनुसार, चोरीका घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। ‘सवारी साधन हराएको सूचना प्राप्त भएलगत्तै हामी टोली परिचालन गर्छौं। केही सफलता पनि हात परेको छ,’ अर्यालले भने।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क