इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते

बागमती | मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ स्थित माछा प्लान्ट नजिकै शनिबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करिब शनिबार साँझ  मोटरसाइकल (प्र.३-०२-०० ८ प २६२८), स्कुटर (बा.प्र.०३-००५ प ५१६९), र ट्रक (ना.७ ख ४२९५) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। स्कुटर र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल ट्रकको बम्परमुनि परेको थियो।

दुर्घटनामा स्कुटर चालक रोहित तामाङ गम्भीर घाइते भएका छन्। उनको टाउको र दाहिने खुट्टामा चोट लागेको छ, जसका कारण थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ। स्कुटरमा सवार उनकी श्रीमती रमिला तामाङ र छोरा रोजन तामाङ पनि घाइते भएका छन्। रमिलाको खुट्टामा चोट लागेको छ भने रोजनको मुख र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

यस्तै, मोटरसाइकल चालक गोपि तामाङ र पछाडि सवार विष्णु प्रजा पनि घाइते भएका छन्। उनीहरूको टाउको, आँखाको भाग, र हातमा चोट लागेको छ। घाइतेहरूको प्रारम्भिक उपचार हेटौंडा अस्पतालमा गरिएको छ।

प्रहरीले दुर्घटनामा संलग्न तीनै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। ट्रकका चालक पदमपोखरीका २९ वर्षीय सुकराम घलानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क