इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा स्वास्थ्य चौकीका कर्मचारीद्वारा खुर्पा प्रहार गरी वृद्धको हत्या

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीमा कार्यरत एक स्वास्थ्य चौकीका कर्मचारीले स्थानीय वृद्धलाई खुर्पा प्रहार गरी हत्या गरेका छन्। बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षिया कुमार थापाले ५७ वर्षीय रामबहादुर वाइबाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थापा बारा जिल्लाको निजगढ नगरपालिका–३, सिंगोल घर भएका हुन्। घटना भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार वाइबा घर नजिकै रहेको गोठमा गाईवस्तुलाई घाँस हाल्न जाँदै गर्दा थापाले पछाडिबाट खुर्पा प्रहार गरेका थिए। घटनास्थल पुरानो स्वास्थ्य चौकी भवन नजिक पर्छ, जहाँ थापा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए। प्रहरीका अनुसार थापा केही समयदेखि मानसिक रूपमा असामान्य देखिएका थिए। स्थानीयवासीले थापा बारम्बार “मान्छे काट्छु” भन्दै हिँड्ने गरेको बयान दिएका छन्। नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक सोधपुछमा पनि थापा असन्तुलित र अस्पष्ट जवाफ दिइरहेको प्रहरी स्रोतले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको छ। प्रहरीका अनुसार थापाको मानसिक स्वास्थ्यसम्बन्धी अवस्था मूल्याङ्कन गर्न चिकित्सकीय प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क