इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता शनिबारबाट

मकवानपुर: हेटौडामा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार मकवनपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै संघले एन्फा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० को आयोजना गर्न लागेको जनाएको छ । फुटबल संघले आगामी चैतमा हुने जिल्ला लिगका लागि दुई वटा टोली छनोट गर्न प्रतियोगिताको आयोजना गर्न लागेको हो । शनिबारबाट हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । जहाँ जिल्लाका १२ वटा क्लवले प्रतिस्पर्धा गर्नेछन् । जिल्ला फुटबल संघ मकवानपुरका सदस्य रहेका आलोक स्याङ्तानको संयोजकत्वमा हुने प्रतियोगिताको उद्घाटन खेल कमलदेवी युवा क्लव र पञ्चशील युवा क्लवबीच दिउँसो १२ बजे सुरु हुनेछ । फाइनल खेल मंसिर ३० गतेको लागि तय गरीएको छ । छनोट प्रतियोगितामा पञ्चशील र कमलदेवी सहित ज्ञानज्योति युवा क्लव हेटौंडा, पदमपोखरी फुटबल एकेडेमी, बकैया यूथ क्लव, जनहित युवा क्लव, द रिभाइबल यूथ क्लव, कमाने फुटबल एकेडेमी, अग्रसर युवा क्लव, जनप्रवाह क्लव, सहयोगी युवा समाज र समाज कल्याण युवा क्लव सहभागी छन् । नकआउटको आधारमा हुने प्रतियोगिताको फाइनल पुग्ने दुई क्लवले अर्को वर्षको जिल्ला लिग खेल्न पाउने प्रतियोगिताका संयोजक स्याङतानले जानकारी दिए । उनले लिगको पुछारमा हुने दुई वटा क्लव रेलिगेसनमा पर्ने अर्थात घटुवा हुने बताए । प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने आयोजनले जनाएको छ । मकवनपुर जिल्ला फुटबल संघले आयोजना गर्न लागेको मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता २०८० भव्य सफलताको यस नारायणी कलेज परिवारको तर्फबाट हादिक शुभकामना ब्यक्त गर्दछौ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क