इन्फो नेपाल — सञ्चारको सञ्जाल

मक्रान्चुलीमा सार्वजनिक सुनुवाइ : दूध भुक्तानीमा किसान मारमा, २२ करोड बढी रकम बाँकी

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा किसानले आफ्नो समस्या खुलाएका छन्। विशेष गरी दूधको भुक्तानी समयमै नपाउँदा किसान झनै समस्यामा परेका छन्।

विहिबार जनपत्र मिडियाको आयोजनामा संसद सहयोग परियोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा ‘कृषकका समसामयिक समस्यामा सांसदको भूमिका’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जनपत्र मिडिया प्रा.लि.का अध्यक्ष हरि हुमागाईंले गरेका थिए। उद्घाटन मन्तव्यमा श्रेष्ठले किसानले भोग्दै आएका मलको अभाव, दूधको भुक्तानीमा हुने ढिलाइ, बजारमा बिचौलियाको चलखेल लगायतका समस्याहरूप्रति समितिको ध्यान गएको जनाउँदै यस्ता विषय संसद र समितिमा उठाएर आवश्यक नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति श्रेष्ठले बिचौलियामार्फत कृषि उपज बिक्री गर्दा किसानले उचित मूल्यबाट बञ्चित हुने स्थिति देखिएको स्पष्ट गरे। उनले किसानले दानाजस्ता कृषि सामाग्री महँगो मूल्यमा खरिद गर्नुपर्ने तर आफ्नै उत्पादन भने सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यस्ता कारणले किसान निराश भएको आफूले बुझेको बताए। श्रेष्ठले यस्ता समस्याको समाधानका लागि समितिमार्फत नीतिगत पहल भइरहेको जानकारी समेत दिए।

कार्यक्रममा सहभागी भएका किसानहरूले हरेक वर्ष एकैखाले समस्या दोहोरिने गुनासो गरे। उनीहरूले गाई, भैंसी, कुखुराका लागि दाना महँगो पर्ने तर उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको बताए। 

सार्वजनिक सुनुवाइमा प्रदेश सभा सदस्यहरु एका लाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, शुस्मा भुजेल न्यौपाने, र बालकुमारी विश्वकर्माले किसानको पक्षमा ऐक्यबद्धता जनाउँदै आवश्यक नीतिगत हस्तक्षेप गर्ने बताएका छन् ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, वडा नं. ३ का अध्यक्ष भागवत घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका अध्यक्ष हरिप्रसाद कडेल, मनकामना दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहाल र व्यवस्थापक शशी लंसालले पनि किसानका तर्फबाट समस्या प्रस्तुत गरे।

२२ करोड भुक्तानी बाँकी

जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका मकवानपुरका अध्यक्ष हरिप्रसाद कडेलका अनुसार सरकारी तथा निजी डेरी उद्योगहरुले यस वर्षको बैशाख मसान्तसम्ममा किसानलाई जम्मा २२ करोड ५ लाख ३७ हजार १७५ रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

विशेष रूपमा रकारी स्वामित्वको हेटौँडा दुग्ध वितरण आयोजना आफैंमा सबैभन्दा बढी भुक्तानी नदिनेमा अगाडि देखिएको छ। आयोजनाले मात्र १ करोड २२ लाख ८८ हजार रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको छ।

बितेको आर्थिक वर्षमा मात्रै १८ वटा डेरी उद्योगहरुले २९ करोड ६८ लाख ४६ हजार ८८६ रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। डेरीहरूले किसानबाट उधारोमा दूध संकलन गरी नगदमा बिक्री गर्ने गरेका छन्, तर नगद जम्मा भएपछि पनि किसानलाई भुक्तानी नदिने प्रवृत्ति देखिएको किसानको गुनासो छ।

हाल मकवानपुर जिल्लामा किसानबाट दूध खरिद गर्ने २६ वटा निजी डेरी रहेका छन्। तीमध्ये धेरैजसोले पनि नियमित भुक्तानी गर्न सकेका छैनन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क