वि.सं. २०७९ मङ्सिर २२ गते बिहीवार तदनुसार ई. सं. २०२२ डिसेम्बर ०८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रोदय : साँझ ०५:०५ बजे र चन्द्रास्त : पूणर्िमा भएकाले रातभरि चन्द्रास्त हुँदैन, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०७:०७ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे, मार्गशीर्ष शुक्लपक्ष (थिल्लाथ्व) पूणर्िमा तिथि, बिहान ०८:२९ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, रोहिणी नक्षत्र, दिउँसो १२:१६ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि ०१:१५ बजेसम्म, त्यसपछि मिथुन राशिमा, साध्य योग, भोलि बिहान ०३:२७ बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा बब करण बिहान ०८:२९ बजेसम्म, त्यसपछि बालब करण बेलुका ०९:१३ बजेसम्म
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
- २३ गते : कोशीकोका सङ्गममा मेला, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), कणर्वेध (कान छेड्ने), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तु मुहूर्त, द्रव्यप्रयोग, डेरा सर्ने, द्वारचक्र, पुराण श्रवण,
- २४ गते : विश्व मानव अधिकार दिवस,
- २५ गते : सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वास्तु मुहूर्त, द्रव्यप्रयोग, दीक्षा ग्रहण (द्रष्टव्य : दिउँसो ०१:५३ बजेसम्म भद्रा रहेको छ)