इन्फो नेपाल — सञ्चारको सञ्जाल

मतदानस्थलको भिडन्त भन्दै ‘उकुसमुकुस’ को तस्बिर भाइरल

काठमाडौं । स्थानीय निर्वाचनका लागि देशभर मतदान जारी रहँदा विभिन्न स्थानमा विवाद र मुठभेड भएका समाचारहरू पनि आइरहेका छन् । यसलाई लिएर सामाजिक सञ्जालमा कतिपय भ्रामक पोस्टहरू भाइरल भइरहेका पाइएको छ । नेपाल टेलिभिजनकी पूर्व समाचारबाचिका रमा सिंहले ‘कोभन्दा को कम…काभ्रे’ भन्दै आज एउटा तस्बिर फेसबुकमा सेयर गरिन् । उक्त तस्बिरमा सारी लगाएकी एक महिलाले पुरुषलाई जोडदार रूपमा फ्लाइङ किक हानेको देखिन्छ । रमा सिंहको यो पोष्टलाई १२६ जनाले सेयर गरेका छन् । सबैले यसलाई सत्य घटना ठानेर पत्याएका पनि छन् । चर्चित फेसबुक ग्रुप ‘राजसंस्था पुनर्स्थापना संघर्ष समिति’ मा पुकार अर्याल नाम गरेका व्यक्तिले पनि ‘दोलखाको मतदानस्थलमा कांग्रेस भर्सेस माओवादी’ भन्दै यही तस्बिर सेयर गरेका छन् । यस्तै, फेसबुक पेज ‘ग्यालेक्सी फोर के टिभी–रवि लामिछाने’ मा रमेश भट्ट नाम गरेका व्यक्तिले ‘जब मतदानस्थलमै फाइट परेपछि एक महिलाले देखाइन् आफ्नो शक्ति’ भन्दै सेयर गरेको यही तस्बिरलाई २४ सयभन्दा बढीले लाइक गरेका छन् भने ९५ सेयर भएको छ । यो तस्बिर अरू पनि थुप्रै ग्रुप र पेजहरूमा सेयर भइरहेको छ । तर, यो तस्बिरमा देखिएको दृश्य कुनै मतगणना स्थलको होइन । न त वास्तविक नै हो । खासमा ‘उकुसमुकुस’ नामक टेलिशृंखलाको ११ औँ भागबाट यो स्क्रिन सट लिइएको हो । माग्ने बुढाको युट्युब च्यानल आमा अग्नि कुमारीबाट प्रशारण हुने गरेको यो सिरियल केही समयदेखि बन्द छ । पछिल्लो एपिसोड जनवरी २९ मा प्रशारण भएको थियो । उक्त एपिसोडले ५४ लाख भन्दा बढी भ्युज पाएको थियो । त्यसैको एक दृश्य स्क्रिन सट गरिएको हो । तस्बिरमा किक हान्ने साहसी भनिएकी महिला वेदना राई र कुटाई खाने व्यक्ति दीपेन्द्र प्रसाईँ हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क