इन्फो नेपाल — सञ्चारको सञ्जाल

मधेशमा अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित

सर्लाही | मधेशको जनजीवन अत्यधिक गर्मीले प्रभावित भएको छ। विशेषगरी बालबालिकाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बैशाख महिना शुरू भएसँगै मधेश प्रदेशमा चालिस डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहन थालेपछि विद्यालयहरूले पठनपाठनको समय परिवर्तन गर्नुपरेको छ भने केही विद्यालयहरू बन्द नै गर्नुपरेको छ। सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्मका लागि आफ्ना सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मीले बालबालिकाहरूको स्वास्थ्यमा नकारात्मक असर पार्न थालेपछि पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू शनिवारसम्म बन्द गर्ने निर्णय भएको हरिवन नगरपालिकाका शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले बताए। अर्कोतिर, पर्साको वीरगंज महानगरपालिकाले विद्यालयहरूको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ। अत्यधिक गर्मीले कक्षाकोठाहरू तातो हुने र कतिपय विद्यालयहरूमा जस्ताको छानो हुँदा बालबालिकाहरूलाई कठिनाइ हुने भएकाले बिहानको समयमा कक्षा संचालन गर्न महानगरपालिकाले सुझाव दिएको हो। पूर्वाह्नको १० बजेनभित्रै कक्षाकोठाहरूमा तातो हावा पस्न थाल्ने र सबै विद्यालयहरूमा बालबालिकाहरूलाई शीतल पानी र पंखा उपलब्ध गराउन नसकिने भएकाले गर्मी चर्किनुअघि नै विद्यार्थीहरूलाई घर पठाउने गरिएको छ। मधेशका धेरैजसो विद्यालयहरूले बैशाखदेखि नै असार महिनासम्म बिहानी सत्रमा पठनपाठन गर्ने गर्दछन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क